slider

बाला लाग्दै कोदो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—६ स्थित मामांखे गाउँमा कृषकले लगाएको बारीमा बाला लाग्दै गरेको कोदो । तस्वीर: दिलकुमार लिम्बु/रासस

मनास्लु हिमाल

धादिङको नीलकण्ठ नगरपालिका वडा नं(६मा रहेको भैरव मन्दिर परिसरवाट देखिएको मनास्लु हिमाल । तस्वीर : प्रदीपराज वन्त,रासस

बङ्गुरपालनमा युवा सक्रिय

शुक्लाफाँटा नगरपालिका– १० झलारीका स्थानीय बासिन्दाले सञ्चालन गरेको बङ्गुर फार्ममा पालिएको बङ्गुर । यस क्षेत्रका एक दर्जन बढी युवा बङ्गुरपालनमा लागेका छन् ।

निजामती स्मारक निर्माण क्षेत्रमा वृक्षरोपण

निजामती सेवा दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित यज्ञडोल ९जगडोल० सामुदायिक वनको निजामती स्मारक निर्माण क्षेत्रमा वृक्षरोपण गरिँदै

तमोर नदीमा तटबन्धन

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने बाटो ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ जापनटारमा बाटो बनाउनका लागि तमोर नदीको किनारामा तटबन्धन निमार्ण हुने क्रममा । तस्वीरः

कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा काठेपुल

भदौ १३, काठमाडौँ – विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ लामाटार खोलामाथि थापिएको काठेपुल । यही पुलमार्फत् घुन्सा

बाढीले कर्णाली नदी कटान

टीकापुर नगरपालिका–५ दौलतपुरको दक्षिणतिर शाहीपुरमा कर्णाली नदीले बाढीले कटान तीव्र पारिँदै । नदीले दुई मिटर कटान गरे नदी बस्तीमा पस्ने खतरा बढेको छ

बस्तीलाई त्रिपाल

त्रिभुवन राजपथको खत्री पौवामा राजमार्ग फराकिलो पार्न सडक तलबाट खनेपछि जोखिममा परेको बस्ती त्रिपाल ओडाएर सुरक्षित गरिँदै । तस्वीर : सीताराम अधिकारी/रासस

मर्दीखोलामा निर्माण गरिएको बाँधसहित आसपासको बस्ती

कास्कीको माछापुच्छे गाउँपालिका चाहाचोकबाट देखिएको पोखरा खानेपानी आयोजनाका लागि मर्दीखोलामा निर्माण गरिएको बाँधसहित आसपासको बस्ती । तस्वीर: हरि बास्तोला/रासस