आज राष्ट्रिय सूचना दिवस बिबिध कार्यक्रम गरि मनाइदै

भदौ ३ , काठमाडौँ – आज राष्ट्रिय सूचना दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले दिउँसो विशेष कार्यक्रम गर्दैछ । दिवसको यसवर्षको नारा ‘लोकतन्त्रको आधार, सूचनाको अधिकार’ तय भएको आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले  जानकारी दिनुभयो ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ भदौ ३ गते प्रमाणिकरण भएर लागु भएको संझनामा हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको छ । ऐन जारी भएको आज ८ वर्ष पुरा भएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ भने २०६४ साल साउन ५ गते प्रमाणीकरण गरिएको थियो ।

ऐनअनुसार सार्वजनिक तथा सरकारी निकायहरुले आफूले गरेको काम पारदर्शी बनाउने सूचना दिनुपर्छ भने प्रत्येक सरकारी कार्यालयमा सूचना अधिकारी तोक्नुपर्छ ।