यसपाली तीजमा गायक बालचन्द्रको लायो भुँडी पुट्ट

कमल न्यौपाने 

तीज आउन एक महिना बाँकी रहदा पनि तीजका गीतहरु बजारमा आउने क्रम जारी छ । तीज गीतका भिडियोहरु बजारमा आउने क्रममा सफल उद्घोषक एबम चर्चित गायक बालचन्द्र बरालले पनि आफ्नो नौलो तीज प्रस्तुती बजारमा ल्याएकाछन । बुटवलमा रहेर संचारक्षेत्रसँगै साङगितिक यात्रा तय गरिरहेका बरालले यसपाली लायो भुँडी पुट्ट बोलको तीज गीत सार्वजनिक गरेकाछन । गायक बरालले २०६७ सालमा बाटो सम्मैको बोलको गीतबाट आफ्नो साङगितिक यात्रा शुरु गरेका थिए । तेस्लगत्तै घात गर्ने साथी हुँदैन,रोइला गीत भो भो चाहिदैन जस्ता सफल प्रस्तुती दिईसकेकाछन । कती रुन्छु रुन्छु बोलको दसैं गीतमा आफ्नो आवाज भरि उनले अर्को सफलता हासिल गरिसकेकाछन । उनले लोक दोहोरी गीत टुकुरा टुकुरा मुटु सिएर,तेस्तै अहिले गायिका डिला बिसीसँग कलाकारै हुन बोलको तीज गीतमा समेत आफ्नो प्रस्तुती प्रस्तुत गरिसकेकाछन । बरालले अब आउँदै गरेको महान पर्ब दसैंको अवशरमा अर्को दसैं गीत समेत बजारमा ल्याउने भएकाछन ।

गायक बरालले अहिले सम्म १० वटा जती गीतमा आफ्नो आवाज दिईसकेकाछन । उनले गाएका मध्य नमस्ते छ्याजालो झोर्ले निकै सफल रहेको थियो । गायक बराल र गायिका शान्ता रोका मगरको संयुक्त प्रस्तुती रहेको गीतमा बालचन्द्रलाई गायिका शान्ता रोका मगरले साथ दिएकिछिन । कमेडी परामा रहेको सो गीतको शब्द रचना गरेकाछन नेत्र अर्यालले । खेम सेन्चुरीको उत्कृष्ट लय रहेको सो गीतलाई भावना म्युजिक सोलुसनले बजार ब्यवस्थापन गरेकोछ । यस तीज गीतले समाजमा हुने गरेका बिषयलाई उठान गरेकोछ । गायक बराल भन्छन अहिले सानो उमेरमै केटा र केटीको सबैभन्दा पहिले पेट लाग्ने समस्या रहेको र पेटमात्र मोटाउने तर शरीर नमोटाउने प्रसंगलाई रमाइलो पाराले गीतमा समाबेश गरेकाछौ । तीजको गीत भएपनी रातो साडी नलगाई अली नौलो तरिकाले गीतको भिडियो बनाउने समेत कोशीश गरेको बताउछन बराल ।

अब छिट्टैनै दसैं पछाडि आफ्नै शब्द र बसन्त थापाको लयमा शिलु भट्टराईसँग पञ्चे बाजाको गीत र तेसलगत्तै झोर्ले २ को तयारीमा समेत रहेको जानकारी गराएकाछन ।
सो गीतको भिडियो पनि कमेडी तरिकाले निर्माण गरिएको छ । चर्चित टेलीसिरियल मेरो बास्सैका कलाकार राजु मास्टर र ठ्यासकुमारी अर्थात निरु खड्काको अभिनय रहेकोछ । सो भिडियोलाई राजेश घिमिरेले छायान्कन गरेकाछन भने निर्देशन गरेकाहुन कपिल लामाले । यस अघिल्ला बर्ष जस्तै यस बर्ष पनि गायक बालचन्द्र बरालले साङतिक सफलता हासिल गरुन हाम्रो शुभकामना ।

लायो भुँडी पुट्ट बोलको गीतको भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।