संसदिय सुनुवाइ समितिमा राजदुत नियुक्तका विषयमा छलफल

असोज ६, काठमाडौँ-सरकारले विभिन्न देशका लागिे  सिफारिस गरेको राजदुतहरुको विषयमा संसदीय सुनुवाई समितिमा अहिले  छलफल भइरहेको  छ । सिंहदरबारमा जारी छलफलमा संसदिय सुनुवाई समितिको बैठकमा राजदुत नियुक्तिको विषयमा केन्द्रित भएर छलफल हुन लागेको संसद सचिवालयका सहप्रवत्ता सुर्दशन कुइकेलले जानकारी दिए । सरकारले ६ देशका लागि राजदुत सिफरिस गरेकामा अब  बाँकी तीन देशका लागि सिफरिस भएकासँग छलफल हुन लागेको हो । समितिमा आज थाईल्याण्डका लागि सिफारिस हुनु भएका खगनाथ अधिकारी, कुवेतका लागि सिफारिस हुनु भएका यज्ञबहादुर हमाल र दक्षिण अफ्रिकाका लागि  सिफरिसमा पर्नु भएका अमृत राईसँग छलफल गर्ने भएको हो । सरकारले गरेको सिफारिस उम्मेदवारहरुसँग उनीहरुको रुचि र भावी योजना लगायतका बिषयमा समितिले छलफल गरेपछि मात्रै अरु प्रक्रिया अघि बढाउनुपर्ने कानुनी प्रावधान छ ।