११ औँ पटक बोलाइएको संसद बैठक बस्ने नबस्ने अन्योल

असोज ६, काठमाडौँ-दशौँ पटक बैठक बोलाएर विपक्षीको अवरोधका कारण स्थगीत हुँदै आएको व्यवस्थापिका–संसद्को बैठक आजका पनि बोलाइएको छ । ंविधानसभा भवन नयाँ बानेश्वरमा दिउसो ३ बजेका लागि बैठक बोलाइए पनि सहमती कार्यान्वयन नभएकोले विपक्षी दलहरुले आज ११ पटक पनि बैठक अवरुद्ध गर्ने निश्चित छ । गत पुषमा भएको चारबुँदे सहमति कार्यान्वयनको माग गर्दै विपक्षी दलले गत भदौ १३ गतेदेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । पटक–पटक बैठक अवरुद्ध हुदा विनियोजन विधेयकमाथिको छलफल प्रभावित भएको छ भने संसद खुलाउन भएका पहलमा भएका छलफलले पनि सार्थकता पाउन सकेको छैन ।