पुर्वराजा शाहलार्इ आज डिस्चार्ज गरिने

असोज ६, काठमाडौँ-हृदयघातका कारण अस्पताल भर्ना गरिएका पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य अबस्थामा सुधार आएका कारण उनलाई आज डिस्र्चाज गरिने भएको  छ । शाहको स्वास्थ्यमा क्रमिक सुधार आएसँगै  आज दिउसो सम्ममा डिस्चार्ज गर्ने तयारी गरिएको शाहको उपचारमा संलग्न डा भारत रावलले जनाकारी दिए ।  डा रावतका अनुसार ६७ बर्षीय शाहले नियमित हिडडुल पनि थालीसकेकाले अबको स्थिति खतरामुक्त छ । शाहलाई शनिबार राती तीब्र छाती दुखाई, पसिना, रिगटा, वाकवाकी र  कमजोरी जस्ता लक्षण देखिएपछि मुटुमा समस्या देखिएपछि शनिबार राती नभिर्क अस्पतालमा भर्ना गरिएको र मुटुको एञ्जियोग्राफी तथा  प्लास्टिक एञ्जियोग्राफी दुवै एकसाथ गरिएको थियो ।