संविधान निर्माणमा आदिवासीको धर्ना जारी

असोज १, काठमाडौँ-पहिचानसहितको संघिय संविधान निर्माणमा दवाव दिने उद्देश्यले आज पनि आदिवासी जनजातिहरुले संविधानसभा भवन नजिक नयाँबानेश्वरमा धर्ना दिएका छन् । नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा मध्यान्ह साँढे १२ बजेदेखि १ घण्टा धर्ना दिएका हुन् । ‘आदिवासि जनजातिको अडान, पहिचान सहितको संघिय संविधान’ भन्ने मूल नारासहित हिजोबाट शुरु भएको धर्ना यही असोज ३ गतेसम्म जारी रहने महासंघले जनाएको छ । धर्ना कार्यक्रममा विभिन्न दलका जनजाती नेताहरुले सहभागीता जनाउँदै आएका छन् ।