एक दुर्इ तीन समयमै संविधान आउँछ– प्रधानमन्त्री

असोज १, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले एक, दुर्इ, तीन समयमानै संविधान दिने बताएका छन् । प्रम कोइरालाले सरकारले कनै कसुर बाँकी नराखी निर्धारित समयमानै संविधान जारी गर्ने गरी तयारी भएको बताएका छन् । बुधबार विज्ञान दिवसका अवसरमा काठमाडौंको कीर्तिपुरमा बिपी कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालयको उद्घाटन गर्दैै उहाँले ६० वर्षभन्दा बढीको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न देश संविधान निर्माणको महत्वपूर्ण चरणमा बढिरहेको कोइरालाको भनाइ छ । संविधान आउने कुरालाई अब कसैले छेक्न नसक्ने भन्दै उहाँले अहिले देश विकासको मार्गमा बढिसकेको बताउनुभयो । उनले विज्ञानका नवीनतम् प्रविधिको उपयोग गरी प्रकृतिको देनलाई उपयोग गर्नुपर्नेमा जोड दिए । उनले वैद्य माओवादीले राजनीतिक बेइमानी गरेको दोहोर्याउँदै अब बैदका लागी कुर्ने दिन सकीएको र जनताले संविधान पाएरै छाडेमा उनले विश्वस्त हुन समेत आग्रह गरेका छन् ।