इबोलालाई पनि नछोड्ने भयो अमेरिकाले

असोज १, काठमाडौँ-अमेरिकी राष्ट्रपति बराक ओबामाले विश्वको लागि खतरा बनेको पश्चिम अफ्रिकाको इबोला महामारी विरुद्धको लडाइँमा अमेरिकी भूमिका बढाउने घोषणा गरेका छन् । विश्वले अमेरिकासंग महामारी नियन्त्रणमा भूमिका खोजिरहेको भन्दै ओबामाले पश्चिम अफ्रीकामा ३ हजार अमेरिकी सेना खटाइने र नयाँ स्वास्थ्य उपाचार केन्द्रहरु बनाउने घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले इबोला महामारीलाई आधुनिक समयको तुलना हुनै नसक्ने स्वास्थ्य संकट भनेका बेला ओबामाले यो घोषणा गरेका छन् । गत महिना मात्रै यो रोगसँग जुध्न आवश्यक रकम दश गुणा बढेको भन्दै राष्ट्र संघले महामारीसँग लड्न एक अर्ब डलर आवश्यक परेको बताएको थियो । ओबामाले घोषणामा लाइबेरियामा १७ वटा स्वास्थ्य उपचार केन्द्र बनाउने, संक्रमिमतलाई एक्लै राखेर उपचार गर्ने र निगरानी केन्द्रमा १ सय सैया रहने उल्लेख गरेका छन् । ।