फुटपाथ व्यापारीको आत्मदाह गर्ने चेतावनी

भदौ २५, काठमाडौं–  नजिकिदै गरेको चाँड दशैं, तिहार र छठ पर्वका लागि तत्काल यथास्थानमा व्यापार व्यवसाय गर्न नपाए शसतm आन्दोलन गर्ने राजधानीका फुटपाथ व्यवसायीहरुले चेतावनी दिएका छन । काम गरेर खान पाउने आफ्नो अधिकारलाइ राज्यले पटक पटक खोसेको भन्दै आफुहरुले यथास्थानमा गर्दै आएको ब्यापार गर्न दिनुपर्ने उनिहरुको माग छ । संयुक्त स्वरोजगार व्यापार व्यवसायी समाजले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा  स्वरोजगार व्यवसायीहरुलाई कानुनको छुट्टै व्यवस्था गर्नुपर्ने, सम्पर्णँ व्यवसायीलाई परिचयपत्र लागू गर्नुपर्ने, वैकल्पिक स्थानको व्यवस्था गरिनुपर्ने लगायतका ११ बुँदे मागबारे समाजका अध्यक्ष सुजन गिरीले जानकारी दिए । भोली २६ गतेसम्म पनि आफुहरुले यथास्थानमा व्यापार व्यवसाय गर्न नपाउ बाध्य भइ आत्मदाहसम्मको कदम चालिने उनको चेतावनी छ । सरकारले आफुहरुसंग पटक–पटक वार्ता गरेको भएपनि झूठा आश्वासन मात्रै दिएको फुटपात ब्यवसायिहरुको गुनासो । राजधानीका सडक र आकासे पुल लगाएत बिभिन्न ठाउमा फुटपात ब्यवसाय हुदै आएको छ । पछिल्लो समय गृहमन्त्रि बामदेव गौतमको ठाडो निर्देशनमा आफुहरुलाई बर्षैदेखि गर्दै आएको फुटपात ब्यवसायबाट लखटेको उनिहरुको भनाइ छ ।