तीन दलको बैठक निष्कर्षविहीन,भोली चारदल बस्ने

भदौ २५ , काठमाडौं – संविधानका विबादित बिषय र राष्ट्रिय राजनितीक सम्मेलनका बिषयमा छलफल गर्न बसेको शिर्ष तीन दलको बैठक विना निष्कर्ष सकिएको छ । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको कार्यालयमा आज बिहान बसेको बैठकमा दलका नेताहरुबिच केही छलफल भएपनि निष्र्कशमा पुग्न नसक्दा कुनै निर्णय हुन नसकेको हो । समितिका सभापति तथा एमाओवादीका नेता डा। बाबुराम भट्टराईको पहलमा बसेको बैठकमा कांग्रेसका रामचन्द्र पौडेल, एमालेका झलनाथ खनाल, माधव नेपाल, भिम रामल,बिद्या भण्डारी र एमाओवादी प्रचण्ड, नारायणकाजी श्रेष्ठ, खिमलाल देवकोटा लगाएतका  शीर्ष नेताहरु सामेल थिए । आजको बैठकमा संविधानसभामा पठाएका प्रतिवेदनमाथि कसरी छलफल चलाउने भन्नेबारे केही कुराकानी भएको बताईएको छ । बैठक भोली बिहीबार बैद्य माओवादीसहित चार दलका शिर्ष नेताबिचमा पुनहः बस्ने गरि आजको छलफल सकिएको एमाओवादी अध्यक्ष प्रचण्डका सहयोगी शिव खकुरेलले इमेलखबरलाई जानकारी दिए ।