समाजवादीमा भुकम्प,अशोक राईलाई ठुलो क्षति

२५ भदौ, काठमाडौं– अशोक राई नेतृत्वको संघीय समाजवादीमा ठुलो भुकम्प आएको छ । एमाले परित्याग गरि संघिय समाजवादी पार्टि खोलेका राईले चाहे जस्तो काम गर्न नसकेको भन्दै पछिल्लो समय कार्यकर्ताहरु छुट्टिनेक्रम जारि छ । त्यहीक्रममा समाजवादीको विद्यार्थी संगठन अग्रगामी विद्यर्थाी युनियनका अध्यक्ष शैलेस लामालगाएत दर्जनौं पदाधिकारी र कार्यकर्ताले आज समाजवादी परित्याग गरेका छन । पार्टि परित्याग गर्नेमा लामासहित महासचिव प्रवेज आलम अन्सारी, सचिव चन्द्र थिङ, सचिवालय सदस्य किरण सापकोटा, दिपेन्द्र लामा, दिपक ब्लोन र विमल मिश्र रहेका छन् । पार्टिको कुनै प्रष्ट बिचार र योजना नभएकाले आफुहरुले समाजवादी त्यागेको उनिहरुले प्रतिकृया दिएका छन । इमेलखबरलाई प्राप्त स्रोत अनुसार उनीहरुले छिट्टै नेकपा एमाले प्रवेश गर्नेछन । अध्यक्ष शैलेस लगाउतका बिधार्थी नेताहरु एमाले त्याएर समाजवादीमा गएका थिए । फेरि फर्केर आएका आफ्ना कार्यकर्तालाइ सम्मानित ढंगले जिम्मेवारी दिइने एमालेका एक केन्द्रिय नेताले बताए ।