नेपालमा पर्यटक नपठाउन माओवादीको चेतावनी

भदौ १०, काठमाडौँ – नेकपा माओवादीनिकट अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर युनियनले ५ वटा ट्रेकिङ एजेन्सीमार्फत दूतावासहरुलाई नेपालमा पर्यटक नपठाउन चेतावनीसहितको पत्र दिएको छ । पर्यटक नेपाल आए कारबाही गर्ने धम्की युनियनले दिएको छ ।

ठमेलस्थित एक्स्प्लोर हिमालय ट्राभल्स एड्भेन्चर, हिमालय एक्स्पिडिसन इन प्रालि, पिक प्रमोसन र हिमालय गाइड नेपालमार्फत भारत, डेनमार्क, अमेरिका र जर्मनीका नेपालस्थित दूतावासमा यस्तो पत्र पठाइएको कारोबारमा खबर छ । ५ वटा एजेन्सीले मजदुर निष्कासन गरेकाले कारबाही अभियान चलिरहेको भन्दै युनियनले दूतावासहरुमा चेतावनी पत्र पठाएको बताएको छ ।

यो कदमविरुद्ध अन्य मजदुर युनियन र संयुक्त पर्यटन समन्वय समितिलगायत पर्यटन क्षेत्रका सम्पूर्ण व्यवसायी आन्दोलित भएका छन् । कुनै पनि श्रमिकलाई रोजगारीबाट निष्कासन गरेको खण्डमा पुर्नबहालीका लागि श्रम ऐनअनुसार श्रम कार्यालय र श्रम अदालतमा नगई दूतावास जानु निन्दनीय भएको उनीहरुले बताएका छन् ।

एमालेनिकट नेपाल ट्रेकिङ, ट्राभल्स, र्‍याफ्टिङ र एयरलाइन्स मजदुर युनियन ९युनिट्राभ०, एनेकपा माओवादी निकट अखिल नेपाल पर्यटन मजदुर संघ र कांग्रेस निकट नेपाल पर्यटन श्रमिक संघले प्रतिवाद गर्ने चेतावनी पनि दिएको छ ।