नेयमारका २२ वर्षमा १८ प्रेमिका

भदौ १०, काठमाडौँ – ब्राजिलका फुटवल स्टार नेयमार पछिल्लो समय चर्चामा छन् । उनको कम्मरमा चोट लागेर चलेको चर्चा त पुरानो भैसक्यो तर अहिले उनको चर्चा फरक कारण छ । उनको प्रेम र ब्रेकको कथाले यतिबेला संसारभरी हेडलाइन बनाइरहेको छ । हालै मात्र उनले १९ वर्षीय प्रेमिका ब्रुनालाई प्रेम सम्बन्धबाट विदा गरेपछि उनको चर्चा चुलिएको हो । ब्राजिली मोडल तथा अभिनेत्री ब्रुना मारक्यूजिनसँग उनले समबन्ध तोडेका छन् । प्रेमिकाले आमा बन्ने चाहाना गरेपछी नेयमारले उनको साथ छोडेका हुन् ।

२२ वर्षमा १८ प्रेमिकाः

बल्ल २२ वर्ष पुगेका नेयमारले फुटवलमा मात्र होइन प्रेम लिलामा पनि किर्तिमान नै बनाएका छन् । उनले अहिले सम्म १८ वटी युवतीसँग प्रेम लिला रचिसके ।

विवाह नगरी पिता

हुन त पश्चिमा जगतमा विवाह नगरी आमा बाबु बन्नु कुनै अनौठो कुरा होइन । नेयमार कम उमेरमा निक्कै प्रगति गर्ने फुटवलर हुन् । सन् २०१० मा उनी ब्राजिलकै कारोल दन्ताससँग सम्बन्धमा आएका थिए । त्यतिबेला उनी केवल १८ वर्षका थिए । यो जोडी बहुचर्चित बनेको जोडी मध्ये एक हो । कारोलसँग पनि ब्रेकअप भएको थियो उनको । तर ब्रेकअप पछि नै कारोलले नेयमारको बच्चा जन्माइन् । सन् २०११ मा साओ पावलोस्थित एक अस्पतालमा बच्चा जन्मिँदा नेयमार कारोलसँगै थिए ।

१५ वर्षमै जिदान, रोनाल्डिन्हो र रोनाल्डोको साथ
नेयमार १५ वर्षको हुँदा नै विश्वका चर्चित हस्तीहरुसँग फुटवल खेलेका थिए । त्यतिबेला नै रियल मड्रिडमा खेल्न थालेका उनले फ्रान्सका जिनेदिन जिदान, ब्राजिलकै रोनाल्डिन्हो, र पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो जस्ता हस्ती खेलाडीसँग खेल्ने मौका पाए ।

सबै भन्दा बढी कमाउने खेलाडी नम्बर ७

नेयमार विश्वका सबैभन्दा बढी पैसा कमाउने विश्वका चर्चित खेलाडीको सुचीमा ७ औं नम्बरमा छन् । उनको कमाइ ११ मिलियन अमेरिकन डलर रहेको बताइन्छ । एजेन्सी ।