काग्रेसको विपी पदयात्रा जारी

भदौ २,काठमाडौँ -संस्थापक नेता विपी कोइरालाको जन्मशताब्दीको अवसरमा नेपाली कांग्रेसले सुरु गरेको पदयात्रा आज पनि जारी छ । साउन ६ गते विराटनगरबाट सुरु भएको विचारयात्रा अन्तर्गत हिजो   बराटनगरमा बृक्षरोपण गरेर पदयात्रा सुरु गरिएको थियो ।

२००३ सालको विराटनगरको जुटमिल मजदुर आन्दोलनमा पक्राउ गरी विपी कोइराला, गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणी प्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा लागायतलाई मोरङ, सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङगा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुदै काठमाडौ ल्याएको मार्गमा पदयात्रा गर्न लागिएको काँग्रस पार्टी कार्यलयका सचिव ऋषीकेष तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार यात्राको क्रममा विभिन्न ठाउमा विशेष कार्यक्रम हुने र हरेक जिल्लामा फरक– फरक नेताको सहभागिता रहने  छ ।