बाढि पहिरोबाट बिस्थापितमा संक्रमण बढ्दो

भदौ २, काठमाडौँ- देशका बिभिन्न स्थानमा बाढी पहिरोबाट बिस्थापितहरुमा विभिन्न किसिमका रोगको संक्रमण देखिन थालेको छ । सिन्धुपाल्चोकको जुरे, सुर्खेत, बाँके, बर्दिया लगायतका स्थानमा बाढि पहिरोबाट बिस्थापितहरुमा रोगको संक्रमण देखिन थालेको हो ।

उनीहरुमा झाडा पखला, ज्वरो, रुघा खोकी, टाउको दुख्ने लगायत रोगको संक्रमण देखिएको छ । बाढि पहिरोले दुषित बनेको पानी पिउनु परेको तथा उचित खाद्य सामाग्रिको अभाबमा रोग फैलिन शुरु गरेको चिकित्सकहरुले बताएका छन् ।

तत्काल स्वास्थ्य शिबिर सन्चालन नगरे रोगले महामारिको रुप लिने जोखिम बढेको जानकारहरुले बताएका छन् ।