बाढिपहिरोमा मृत्यु हुनेको संख्या सात पुग्यो

भदौ २, सल्यान – सल्यानमा बाढि पहिरोमा परेर ज्यान गुमाउनेको संख्या सात पुगेको छ । जिल्लाको लुहाम खोलाले बगाएर वेपत्ता भएका फालावाङ गाविस वडा न ४ का हिरालाल रेउले र कालिमाटी काल्चे गाविस वडा न २ का जहरसिंह वलिको शव भेटिएपछि ज्यान गुमाउनेको संख्या ७ पुगेको हो । यस अघि निगालचुला र कालिमाटी काल्चेमा ५ जनाको ज्यान गएको थियो ।

सल्यानमा अझै ७ जना भन्दा बढि वेपत्ता छन् । यसैबीच बाढिपहिरोमा परि घाइते भएका निगालचुला ७ भदालेका ५ जनाको अझै पनि उद्धार हुन सकेको छैन । हिजो उद्धारको लागि हेलिकोप्टरको व्यवस्था गरिए पनि खराब मौषमका कारण ल्याण्ड हुन नसकेपछि उनीहरुको उद्धार हुन नसकेको हो । उनीहरुको लागी सानो हेलिकोप्टर मगाइएको र आज उद्धार कार्य हुने प्रहरीले जनाएको छ ।

तीनदिने अविरल वर्षातको कारण घर भत्कीएपछि भाग्न खोज्दा एकै घर परिवारका थल बहादुर, इन्द्रकली, मानसिंह, गंगा र जमुना रोका घाइते हुनु भएको छ । हिजो हेलिकोप्टरको माध्यमबाट घुइयाबारि र दम्दुवालिका बाढिपहिरो पीडितहरुलाइ राहत प्रदान गरिएको थियो ।