नयाँ पार्टी खोलेर चलाउने रहर पुरा भयो – विजय सुब्बा / समाजवादीमा जातिबादी नेतामात्रै रहने – मिना गुरुङ

साउन २९, काठमाडौं –  संघीय समाजवादीबाट नेकपा एमालेमैं फर्किएका नेता  विजय सुब्बाले नयाँ पार्टी खोलेर  चलाउने रहर पुरा भएको बताएका छन । अशोक राईसँग १९ महिना काम गरेपनि कुनै नयाँ आभास  नभएको बताउदैं नेता सुब्बाले त्यो आफ्ना लागि एक काज सरह नै भएको  बताए । आज दिउसो  एमाले केन्द्रिय कार्यालय बल्खुमा पुरानैं पार्टि प्रबेश गरिसकेपछि उनले ईमेलखबरलाई भने – पार्टिमा सबैलाई मिलाएर नलैजाँदा आफु लगाएत अन्य नेताहरु पनि पार्टि  छोडेर गएको र , यो कुरा एमालेले बुझिसकेका कारण  अब सबै जाति सुमदायलाई समेट्ने एमाले मात्रै भएको बताए । एमालेलाई यहाँसम्म पुर्याउन आफ्नो लामो समय यसमै बितेका कारण आफु मोहीयानी हकको दाबेदार भएको समेत नेता सुब्बाको भनाई थियो । यस्तै  संघीय समाजवादीका तत्कालीन सचिव मीना गुरुङले  संघीय समाजवादी पार्टि जातिबादीहरुको दल भएकाले आफु छोडेर फेरि एमालेमैं फर्केको बताएकीछिन । पार्र्टि प्रबेशपछि ईमेलखबरलाई टेलिफोनमा प्रतिकृया दिदैं गुरुङले संघीय समाजबादी दलमा राजनितीज्ञ नै नभएकाले एनजिओ जस्तै भएको आरोप पनि लगाईन । केही नयाँ हुन्छ की भनेर आफु एमाले छोडेर समाजवादीमा गएको भएपनि त्यहाँ नेतृत्वको मनपरि देखेपछि खिन्न हुदैं फेरि एमालेमैं फर्किएको उनको भनाई छ । समाजवादीमा प्रबेश गरेका अन्य कार्यकर्ताहरु पनि छिट्टै आफ्नै पुरानो पार्टिमा फकर्ने दावि समेत गरिन । समाजवादी परित्याग गरि आएका तत्कालिन समाजवादी उपाध्यक्ष जिवय सुव्वा, सचिव मीना गुरुङ, केन्द्रिय सदस्य चन्द्रलाल क्याप्छाकी, नवपरासीका पूर्व सांसद मजीलाल थारु, ललितपुर अध्यक्ष राजेन्द्र श्रेष्ठ लगाएत ३५ जना लाई एमाले अध्यक्ष केपी ओलीले अविर र खादा लगाई  एमाले प्रवेश गरेका थिए  ।   पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टीमा फर्किएकाहरुलाई कुनै पनि विभेद नगरी  जिम्मेवारीमा राखिने बताए  । पार्टि प्रबेश गरेका नेताहरुका अनुसार  समाजवादीका अर्का उपाध्यक्ष मोहम्मद रिजवान अन्सारी पनि समाजवादी छाड्ने तयारीमा रहेको बताएका छन ।