भेसवाकरलाई अमेरिकामा क्रिकेट खेल्ने मौका,आजै अमेरिका जादैं

साउन २९, काठमाडौं – नेपाली क्रिकेटका आसलाग्दा ब्याट्स म्यान शरद भेरवाकरले अमेरिकामा लिग क्रिकेट खेल्ने मौका पाएका छन । अमेरिकाको सिकागोमा यसै महिनाको अन्त्यमा हुने लिगमा उनले पन्जाव लायनबाट खेल्नेछन् । त्यसका लागि उनि आजै साँझ त्यसतर्फ जान लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । उनले खेल्ने कल्ब क्लबको नेतृत्व लोभकेस कालियाले गरेका छन । उनको भेन्चर स्पोट्स म्यानेजमेन्ट कम्पनीमा पाकिस्तानका मोहम्मद सामी, शाविर अहमद र वेष्टइण्डिजको मर्विन डेलियन जस्ता चचिृत खेलाडी सामेल छन ।  शरद भेसवाकरले नर्थ टेक्सास लिग पनि खेल्नेछन् । भेरवाकर सेप्टेम्बर दोस्रो साता मात्रै नेपाल र्फकने क्यानले जनाएको छ ।