जनैपुर्णिमा मनाइदै

साउन  २५, काठमाडौँ  –  आज श्रावण शुक्लपक्षको पुर्णिमा तिथि हिन्दु नेपालीहरुले जनैपुर्णिमा र रक्षा बन्धन मनाउदैछन् । जनै लगाउनेहरुले आज ऋषिहरुको सम्झना गर्दै नजिकैको जलाशय तथा धरामा गइ माटो, गोबर, कुश, खरानी र अपामार्गले स्नान गरी विशेष मन्त्रद्वारा मनित्रएको जनै लागाउने चलन छ ।

आज प्रयोग गरिने ९६ धागाले चार वर्ष पुरा भई पाँचै वर्षमा प्रवेश भएपछि व्रतवन्ध गरिने हुनाले बाँकी अवधि ९६ हुने जनाउछ ।

यस्तै ९ गुनाले शरिरका सबै इन्द्रिय, ६ डोराले शरिरका पञ्च जानेन्द्रिय र अन्तर इन्द्रिय समेत ६ इन्द्रिय तथा ज्ञानका प्रतिकका रुपमा सरस्वतीको षट्कोणलाई संङ्केत गर्छ । तीन डोराले भने देवऋण, ऋषिऋण र पितृऋण तथा पाँच शिखाले पञ्चमहायज्ञलाई जनाउदछ ।

आजै आफ्नो सुरक्षााका लािग नाडीमा मन्त्रिएको डोरा बाँधी रक्षाबन्धन पनि गरिन्छ । आज तराईमा आआफ्ना दाजुभाईलाई दिदीबहिनीहरुले राखी बाध्ने चलन छ ।

आज नौ जातका अङ्कुरित गेडागुडी मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाँटी खाने चलन छ । नेपाल कृषि प्रधान मुुलुक भएकाले खेतीपातीको काम सकिएको तथा वर्षभरिको हिलोपानीमा चलेर गर्मीसर्दीले प्रभावित शरिरमा उर्जा ल्याउन क्वाँटी खाने चलन रहेको हो ।

जनै पुर्णिमाको अवसरमा शिवजीलाइृ कालकुट विषको डाहाबाट शितलता प्रदान गर्न आजै उत्पति भएको मनिने रसुवाको गोसाइकुण्ड र सोह िकुण्डबाट जल आएको मानिने ललितपुरको कुम्भेश्वरमा ठुलो मेला लाग्छ ।