अध्यक्ष प्रचण्ड छलफलमा व्यवस्त

साउन  २५, काठमाडौँ –  एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी भित्रको आन्तरिक विवाद मिलाउन छलफललाई तिव्र बनाएका छन् ।  एकीकृत माओवादीको संस्थपन पक्षले नेता बाबुराम भट्टराईतर्फका दुई जना नेता गंगा श्रेष्ठ र रामरिजन यादवलाई कारबाही गरेपछि  कारबाही फिर्ता नभए नयाँ पार्टी गठनको घोषण गरेपछि समस्या समाधानका लागि अध्यक्ष प्रचण्डले छलफललाई निरन्तरता दिएका हुन् ।  यस्तै भट्टराई पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटि गठन गर्ने कम नरोकेपछि प्रचण्डले त्यसका विषयमा पनि छलफललाई  केन्द्रित बनाएका छन् । अपरान्ह ३ बजे प्रचण्ड निवास लाजिम्पाटमा प्रचण्डले भट्टराई र श्रेष्ठसँग पार्टी भित्र विचारको बहसलाई कसरी अघि बढाउने भन्ने विषयमा अनौपचारिक  छलफल हुन लागेको पार्टी प्रवत्ता दिनानाथ शर्माले  जानकारी दिए ।