एक ट्रयाकमा दर्जन बढी खेल

साउन  २५, काठमाडौँ  –  देशको एकमात्र सिन्थेटिक ट्रयाक निकै व्यस्त छ। प्रायः सबै दौडिरहेका छन्। एकले अर्कोलाई ओभरटेकु गर्ने प्रयासमा ठोक्किरहेका छन्। ट्रयाकसुट लगाएका सबै खेलाडीजस्ता छन्। लाग्छ, एथलेटिक्स प्रतियोगिता नै भइरहेको छ। घाम बिस्तारै चर्कंदै छ, ट्रयाकमा भीड पनि पातलिंदै छ। अब साढे १० पनि बज्यो। ट्रयाकले घेरिएको मैदानमा फुटबल र रग्बी खेल्नेहरू पनि गइसके। ट्रयाक लगभग खाली भएको छ। तर, विजेता चुनिएको छैन। यसो बुझेको त दौडको प्रतियोगिता नै होइन रहेछ। हो चाहिँ के तरु धेरैलाई खुल्दुली हुने गर्छ।

राजधानीको मुटुमै रहेको यो रंगशालाको दैनिकी यही हो, जहाँ बिहान साढे ६ बजे मूल गेट खोल्नुअगावै ट्रयाकमा दौडन थाल्छन्। प्रत्येक दिन दौडने ती सबै खेलाडी हुन् तरु एथलेटिक्सका मुख्य प्रशिक्षक सुशीलनरसिंह राणा भन्छन्, थोरै खेलाडी, धेरैचाहिँ काठमाडौंका लब्धप्रतिष्ठित व्यक्तिहरू भुँडी घटाउन आएका हुन्। जाँड पचाउन मर्निङ(वाक गर्न आउनेलाई भेडा गोठालोजस्तै धपाएर खेलाडीलाई ट्रेनिङ गराउनुपर्छ।

हुन त रंगशाला खेलाडीको मन्दिर हो, जहाँ खेलाडी ट्रेनिङ गर्दै देशको प्रतिष्ठाको लडाइँमा होमिने गर्छन्। तर, ट्रयाकमा खेलाडीभन्दा धेरै अरू नै हुने गरेको बताउँछन्, राणा। स्प्रिन्टका धावक प्रतिघन्टा ३०(३५ किमिको गतिमा अभ्यास गर्छन्। दौडेका बेला उनीहरूलाई छिरिक्क छोयो भने मात्रै पनि चोट लागेर उनीहरूको करिअरसँगै जीवन नै धरापमा पर्न सक्छ। तर, प्रशिक्षकले अरूलाई  नआओु भन्दै उनीहरू दौडाइरहेका हुन्छन्। ट्रेनिङ गर्ने माहोल नै नभएको यस्तोमा थुप्रै खेलाडी घाइते भएका छन्।

ुखेलाडीलाई निर्बाध खेल्न देऊभन्दा ट्रयाकमा मर्निङ(वाक गर्नेहरू आँखा तर्दै रंगशाला तेरो मात्र हो र भन्छन्,ु प्रशिक्षक राणाले भने, त्यसैले बाध्य भएर खेलाडीलाई करिअर नै धरापमा पर्ने चुनौती सामना गर्दै ट्रेनिङ गराउनुपर्छ।ु चार विधाका राष्ट्रिय कीर्तिमान बनाएकी केशरी चौधरी वैशाख दोस्रो साता एक अपरिचितसँगै ट्रयाकमै ठोक्किइन्। घोप्टेर आएका ती व्यक्तिले पछाडिबाट टाउको र खुट्टामा बेस्सरी हानेपछि ट्रयाकमै ढलें, उनले भनिन्, ुखुट्टा नै भाँचिएजस्तो लाग्यो। बेस्सरी रोएँ।

केशरी र आयशासहित १२ खेलका १ सय ९ खेलाडी अहिले बन्दप्रशिक्षणमा रहेर एसियाडको तयारीमा छन्। चीनले १५ वर्षअघि बनाइदिएको सिन्थेटिक ट्रयाक खासमा एथलेटिक्स खेलाडीका लागि हो। तर, कराँते, बक्सिङ, तेक्वान्दो, उसु, जुडो, किक(बक्सिङका खेलाडी पनि ट्रयाकमै जगिङ गर्छन्। ट्रयाककै एक स्थान कब्जा गरेर ट्रेनिङ पनि गर्छन्। समूहपिच्छेका फरक कराँते र मैदानमा खेल्ने फुटबल, रग्बीसमेत जोड्ने हो भने ट्रयाक वरपर दर्जन बढी खेल प्रत्येक बिहान भइरहेका हुन्छन्।

खेलाडीभन्दा मर्निङ(वाक गर्नेकै बाहुल्य भएका बेला नेपाली सेनाको आन्तरिक प्रतियोगितामा सहभागी हुने ६ पृतना र चार निर्देशनालयका सयांै खेलाडीले पनि यही ट्रयाकलाई अभ्यास स्थल बनाएका छन्। त्यसैले पनि मेलाजस्तै माहोलको ट्रयाकमा एसियाडमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी हराइरहेका छन्। कान्तिपुर दैनिकमा खबर छ ।