बिमान दुर्घटनाको विषयमा अन्तराष्ट्रिय समुदायद्धारा रुसमाथि दबाब

साउन ४,काठमाडौँ –

रुसी पृथकताबादीले युक्रेनमा दुर्घटनाग्रस्त बिमानको सहज छानबीन गर्न नदिएको भन्दै अन्तराष्ट्रिय समुदायले दबाब बढाउनुपर्ने माग गरेका छन् ।

स्वतन्त्र छानबिनमा अबरोध गरेको तथा दुर्घटनाका प्रमाणहरु नष्ट गर्न खोजेको युक्रेन सरकारको आरोप पछि अन्य पश्चिमा राष्ट्रहरुले यस्तो कार्य तत्काल रोक्न संयुक्त राष्ट्रसंघले रुसमाथि दबाब दिनुपर्ने बताएका हुन् । बेलायतका राष्ट्रपति डेभिट क्यामरुन र अष्टेलियाका राष्ट्रपति टोनी एब्बटले दुर्घटनाको विषयलाई लिएर रुसमाथि संयुक्त राष्ट्रसंघले दवाब बढाउनुपर्ने माग गर्नुभएको छ ।

यस्तै नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटले बिमान दुर्घटनाका विषयमा आफ्नो देशलाई लगाएको आरोप निराधार भएको बताइरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्दै स्वतन्त्र अनुसन्धान गर्न सहयोग गरेर आरोप असत्य साबित गर्न चुनौति दिनुभएको छ ।

गत बिहिबार मलेसियन इयरल्यान्सको बोइङ बिमान पुर्वी युक्रकेनमा दुर्घटना हुदाँ  बिमानमा सवार सबै २ सय ९८ जनाको मृत्यु भएको थियो । बिमानलाई रुसी पृथकताबादीले क्षेप्यास्त्र प्रहार गरेर खसालेको युक्रेन सहितका अन्य पश्चिमा राष्टहरुले आरोप लगाएका छन् भने रुसले आरोपको खण्डन गरिरहेको छ ।