असइमा ४ सय ५३ जनाको माग

साउन ४, काठमाडौँ ।

नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक पद असईमा  दरखास्त आब्हान गरेको  छ ।

४ सय ५३ सिटमा का लागी आब्हान गरिएको तर्खास्तमा खुल्ला तर्फ २ सय ४०, आदिवासी जनजाति तर्फ ६६, मधेशी तर्फ ५७, महिला तर्फ ४०, दलित तर्फ ३०, पिछडिएका क्षेत्र तर्फ ११ र अमर प्रहरी र अशक्त प्रहरी परिवारका लागि नौ सिटमा समुह विभाजन गरिएको  नेपाल प्रहरीले जनाएको  छ ।

साउन ५ देखि भदौ ४ गतेसम्म क्षेत्रीय र अञ्चल प्रहरी कार्यालयमा फाराम लिएर बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ । काठमाडौमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट दरखास्त फाराम लिन सकिनेछ ।

त्रिभुवन विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको योग्यता भएको र १८ वर्ष पुरा भई २४ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सकिने र थप विवरण नेपाल प्रहरीको साइट www.nepalpolice.gov.np मा हेर्न सकिने छ ।