सिंहदरबारमा नांगै धर्ना बस्न खोज्ने पक्राउ

 

काठमाडौँ,१ भदौ – सिंहदरबारमा नांगै धर्ना बस्न जाने क्रममा आफूलाई पशुअधिकारकर्मी बताउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई अर्धनग्न अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

सबै जनावर समान रहेकोले गाईलाई राष्ट्रिय जनावरबाट बदर माग गर्दै उनले धर्ना बस्ने कार्यक्रम थियो । अर्धनग्न भएर धर्नामा बस्न खोजेका उनलाई त्यहाँ नपुग्दै प्रहरीले धरपकरड गरेर पक्राउ गरेको हो ।
उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए ।