करको विरोधमा बुटवलमा कांग्रेसको प्रर्दशन

काठमाडौ,१ भदौ — जथाभावी कर संकलनको नीति ल्याएको भन्दै नेपाली कांग्रेसले बुटवल उपमहानरपालिका बिरुद्ध शुक्रबार बुटवलमा प्रर्दशन गरेको छ ।

नगरपालिकाले यस वर्षदेखि लिन थालेको घरबहालदेखि पार्किङ शुल्कसम्म ५ सय प्रतिशतले बृद्धि गरेको भन्दै कांग्रेस विरुद्धमा उत्रिएको हो । गत वर्ष तिर्दै आएको करमा १० देखि १५ प्रतिशत मात्र थप गर्न कांग्रेसको माग छ ।