कर्णाली प्रदेशको सभा हलमा पानी चुहिन थालेपछि

सुर्खेत, २६ साउन—कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेकोछ । सिचाई डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरुपमा सञ्चालन हुुदै आएको कर्णाली प्रदेशको सभाहमा पानी परेपछि चुहिन थालेको हो ।
पानी अलि धेरै पर्न थाल्यो भने छत चुहिएर सभा हलमा गतिविध गर्न सारै कठिन हुने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले बताए ।
राजधानी सुर्खेतजस्तो ठाउँमा सभा भवन नै चुहिने भएपछि सबैलाई लज्जित बनाएको छ । शैक्षिक तालीम केन्द्रमा सभाहल बन्ने कार्य तीव्रगतिमा भइरहेको छ ।