गर्भवति महिलालाई अण्डा निःशुुल्क

 

दोलखा, २६साउन—गर्भवति महिलालाई पौष्टिक आहारको महशुुस गर्दै दोलखाको शैलुुङ गाउपालिकाका गर्भवतिलाई अण्डा निः शुुल्क वितरण सुरु गर्ने भएकोछ । एक वर्षमा सो गाउपालिकामा झन्डै ४ सय जना गर्भवती हुने अनुमान छ । जाच गराउन स्वास्थ्य चौकी सम्म गर्भवति महिला कम आउने गर्छन् । यस्तो अवस्थालाई निर्मुलन गर्दै गर्भवति महिलाको पोषण पुरा गर्न गाउपालीकाले यस्तो नियम ल्याएको हो ।

गाउँपालिका अध्यक्ष भरत दुलालले गर्भवतीले नियमित जाँच गरुन र पोषण पनि पुगोस भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको बताउनुभयो ।