कडा मुलुकी ऐन लागू हुँदै

 

काठमाडौ,२६ साउन— आगामी भदौ १ देखि मुलुकी अपराध संहिता  ऐनलगायत पाँच वटा नयाँ कानुन लागू हुुने भएका छन् । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा सामाजिक–सांस्कृतिक विकृतिलाई नियन्त्रण गर्न कडा सजाय व्यवस्था गरिएको छ ।
यी हुने भदौ १ मा लागू हुने ६ कानुन

१. मुलुकी देवानी (संहिता) ऐन

२. मुुलुकी देवानी कार्य्विधि (संहिता) ऐन,

३. मुलुकी अपराध संहिता ऐन,

४. मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन,

५. फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,

६. केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन
नयाँ बनेका ऐनमा केही सुधार भएर आए तापनि मुलुकी देवानी (संहिता) र मुलुकी अपराध (संहिता)मा केही दोहोरो अर्थ लाग्ने खालका कानुन भएकाले त्यसलाई मिलाउनु पर्ने वरिष्ठ अधिवक्ता एवं महिला अधिकारकर्मी मिरा ढुंगानाले बताइन् ।