नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य सम्बन्धी सम्झौता

काठमाडौ, २५ साउन — नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज एक कार्यक्रमका बीच नेपालका तर्फबाट ऊर्जा मन्त्री वर्षमान पुन र बङलादेशका ऊर्जा राज्यमन्त्री नरशुल हमिदले समझदारीपत्रमा हस्ताक्षर गरेका हुुन । समझदारीपत्रमा नेपालबाट बंगलादेशले विद्युत खरिद गर्ने, नेपाली जलविद्युत क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने, प्रसारणलाइन, जलविद्युत आयोजनाहरुको विकास गर्ने लगायत विषय उल्लेख छन् ।