नारायणगढ–­मुग्लिन सडकमा ट्रक खस्दा दुईको मृत्यु, एक घाइते

काठमाडौ, २६ साउन — नारायणगढ–­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् ।
शनिबार बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच९४२९टी ९०३४३ नम्बरको भारतीय ट्रक जुगेडी पुलबाट खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ।