बोको हरामद्धारा ३५ जनाको हत्या

जेठ १६, एजेन्सी– नाइजेरियामा संघर्षरत बोको हरामले उत्तर पश्चिमी बोर्नो क्षेत्रमा ३५ जनाको हत्या गरेको छ । क्यामरुनसागको सीमाना जोडिएको क्षेत्रका सर्वसाधारणमाथि बोको हरामले आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । सैन्य पोशाकमा मोटरसाइकलमा आएका चरम्पन्थीहरुले अन्धाधुन्ध गोली प्रहार गरी गाउालेको हत्या गरेको त्यहााको सेनाले जनाएको छ । दर्जनौंको सङ्ख्यामा आएका लडाकुहरुले बस्तीमा पनि आगजनी गरेको बताइएको छ ।