फाइनल प्रबशेकालागि भिडन्त हुदै

जेठ १६, एजेन्सी– भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगिता अन्र्तगत आज फाइनल प्रबशेकालागि भिडन्त हुदै छ । नेपाली समय अनुसार राती सवा ८ बजेपछि सुुरुहुने खेलमा चेन्नाई सुपर किंग्स र किङ्स इलाभने पञ्जाब भिड्ने छन् । साबिक विजेता मुम्बई इन्डियन्सलाई ७ विकेटले पाखा लगाउदै चेन्नाईले फाइनल पुग्ने सम्भावना जिवितै राखेको हो । आजको विजताले उपाधीकालागि कोलकता नाइट राइडर्ससाग भिड्ने छ । पहिलो क्वालिफाङिमा कोलकताले पञ्जाबलाई पराजित गरेको थियो । पहिलो क्वालिफाइङको विजेता सिधै फाइनलमा पुग्ने प्रावधान भएपनि दोस्रो क्वालिफाइङको विजेताले फाइनल प्रबेशकालागि पराजित टिमसाग प्रतिस्पर्धा गर्नुपर्छ । फाइनल खेल आइतबार हुने छ ।