क्रिकेटमा इंङल्याण्ड २–१ को अग्रता

जेठ १५, एजेन्सी–पाच एक दिवसिय क्रिकेटमा इंङल्याण्ड २–१ को अग्रता लिएको छ । गएराति भएको खेलमा श्रीलंकालाई १० बिकेटले पराजित गर्दै अग्रता लिएको हो ।

इङल्याण्डले पहिलो खेल डकवर्थ लुईस नियमका आधारमा ८१ रनले जीतेको थियो भने दोस्रो खेल श्रीलंकाले १ सय ५७ रनले आफ्नो पक्षमा पारेको थियो । पहिला व्याटिङ गरेको श्रीलंका २४ ओभरमा सवै विकेट गुमाउदै ६७ रनमा समेटिएको थियो ।
उसलाई सस्तैमा समेट्ने क्रममा इंङल्याण्डका क्रिस जोर्डनले ८ ओभरमा २९ रन खर्चेर ५ विकेट लिएका थिए ।

श्रीलंकाका तीन जना व्याट्सम्यानले दाहोरो अंकको आंकडा छोएका थिए । अन्य सात जना व्याट्सम्यानले ७ रन कटाउन सकेनन् । श्रीलंकाकालागि कुमार सांगकाराले सर्वाधिक १३ रन बनाउदा महेला जयबद्र्धनेले १२ तथा एंगेलो म्याथ्युजले ११ रन जोडे ।  इंङल्याण्डका जेम्स एन्डरसन र जेम्स ट्ेरडवेलले समान दुई दुई विकेट लिए । श्रीलंकाले ५० ओभरको खेलमा २४ ओभर खेल्दै ६७ रन बनाएको थियो ।  ६८ रनको लक्ष्य पच्छ्एको इङल्याण्डले १२ दशमलब १ ओभर खेल्दै १० विकेटले जितेको छ
। उसको जीतमा इयान बेलले ४१ तथा  एलिष्टर कुरले ३० रन जोडे ।