जेठ १५, एजेन्सी–इजिप्टमा राष्ट्रपति पदको निर्वाचनका लागि भएको मतदानमा यसअघि भन्दा कम मत खसेपछि मतदान तेस्रो दिनका लागि विस्तार गरिएको छ ।
सन् २०१२ मा भएको निर्वाचनमा तत्कालिन राष्ट्रपति मोर्सीले विजय हासिल गर्दा ५२ प्रतिशत मतदान भएको थियो ।
पूर्व सेना प्रमुख फिल्ड मार्सल अब्देल फताह अल–सीसी यस निर्वाचनमा उम्मेदबार बन्नुभएको छ र उहााले यसअघिको निर्वाचित राष्ट्रपतिलाई जुलाइ महिनामा पदमुक्त गरिएको थियो ।
यस निर्वाचनमा सिसीको प्रतिद्वन्द्वका रूपमा बामपन्थी नेता हमिद सबाही रहेका छने । इजिप्टमा पााच करोड ३० लाख मतदाता रहेको बताइएको छ ।