योग विज्ञान शिविर सम्पन्न

yogजेठ ५, चितवन–स्वस्थ्य जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सञ्चालित १० दिने योग विज्ञान शिविर आज भरतपुरमा सकिएको छ । भरतपुर १० स्थित स्याउलीबजार टोल सुधार समितिको आयोजना एवं पतञ्जली योग समिति चितवनको संयोजनमा बाल मन्दिर परिसरमा शिविर सञ्चालन गरिएको थियो ।
स्वास्थय जिवनयापनको लागि निरन्तर रुपमा योग गर्नुपर्नेमा कार्यक्रमका वत्ताले जोड दिएका थिए । कार्यक्रमा बोल्ने अधिकांश योगसाधकहरुले समय परिर्वनसगै मानिसहरुमा आएका विभिन्न प्रकार रोग निकरण गर्न निरन्तर योग आवश्यक हुनेमा जोड दिएका थिए । शिविरमा पतञ्जली योग समिति चितवनका अध्यक्ष एकनारायण भुषाल, लोकनाथ खनाल, विष्णु दवाडी लगायतले १० दिन सम्म विभिन्न विषयमा योग प्रशिक्षण दिएका थिए ।