जिविस सोलुखुम्बुमा फेरी तालाबन्दी

जेठ ५, सोलुखुम्बु–जिल्ला बिकास समिति सोलुखुम्बुमा फेरी दोश्रो पटक तालाबन्दी गरिएको छ ।
पर्यटन रोयल्टी रकम विनियोजनमा आलटाल भएको भन्दै आठ राजनितीक दलले कार्यालयमा तालालगाएका हुन । यस अघि पनि एक पटक अनिश्चितकालिन तालाबन्दि गरेका दलहरुसंग जिविसले ५ बुदे सहमति गरेको थियो । जिल्लामा क्रियाशिल ८ राजनैतिक दलहरुको बैठकले ५ बुादे सहमतिको ईमान्दारपुर्वक कार्यान्वयन नभएको भन्दै आज बाट पुन: तालाबन्दि गर्ने निर्णय गरेका हुन् । सोही निर्णय बमोजिम आज विहानै १० बजेबाट जिविस र जिविस मातहतका सम्पुर्ण कार्यालयमा दलहरुले अनिश्चितकालिन तालाबन्दि गरेका छन् ।
आन्दोलनमा उत्रिएका दलहरुसंग यस अघि जिविस सोलुखुम्बुका निमित्त स्थानीय विकास अधिकारी मुक्तिराम भट्टराईसग सात दिन भित्रै स्थानिय बिकास अधिकारी जिल्लामा हाजिर गराउने र पर्यटन रोयल्टिबापत जिल्लाले प्राप्त गरेको ३५ करोड रकमको बिनियोजनका लागि आगामि जेठ २ गते भित्र सर्वदलिय बैठकको आयोजना गर्ने लगायतका सहमति भएको थियो । तर सहमति अनुसार दुवै काम नभएको भन्दै दलहरु आक्रोसित भएका हुन् ।