उपत्यका लगाएत मुलुकभरी गर्मी

tempetureजेठ ५, काठमाडौ– काठमाडौ उपत्यका लगाएत मुलुकभरी दिन प्रतिदिन गर्मी बढ्दै गएको छ । गत साता ३१/३२ डिग्री सेल्सीएस तापक्रम रहेकोमा  तापक्रम हिजो वढेर ३२.७ पुगेको थियो । तापक्रम आज देखि झनै बढ्ने जल तथा मौसम पुर्वानुमान महासाखा ले जनाएको छ । अहिले सम्म काठमाण्डौमा सबै भन्दा बढी १९८९ मे ७ मा ३६.६ डिग्री रेकर्ड भएको थियो । यसैगरि जनकपुर सहित मध्य र सुदुर पश्चिममा पनि तापक्रम बढेको थियो । लगातार तापक्रम बढेकाले सुदुरपश्चिम क्षेत्रमा लु चल्ने सम्भाबना अधिक रहेको मौसमविद मनिरत्न शाक्यको भनाई रहेको छ ।