दुरुपयोग छानबिन गर्न सशस्त्रमा समिति

जेठ ६, काठमाडौं– सशस्त्र प्रहरी बलले संगठनका सदस्यको दुरुपयोग छानबिन गर्न एआईजी सिंहबहादुर श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ।

गृह मन्त्रालयको विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० निर्देशिका विपरित सेना, प्ररही र सशस्त्रले उच्च अधिकारीको सेवामा ४ हजारभन्दा बढी कर्मचारी खटाइरहेको समाचार सार्वजनिक भएपछि सशस्त्रका आइजीपी दुर्जकुमार राईले एसएसपी तहसम्म छलफल सुरु गरेका थिए।

समितिलाई संगठनका सदस्य घरेलु कामदारका रुपमा प्रयोग भएका छन्, छैनन भन्ने छानबिन गर्नेदेखि सहयोगी परिचालनलाई व्यवस्थित गर्न सुझाव बुझाउनेसम्मको जिम्मेवारी दिइएको छ ।