भूकम्पले हिमाल आरोहण नगरी फर्केकालाई दुई वर्षको समय

फागुन १९, काठमाडौं– सरकारले भूकम्पका कारण गत वर्ष आरोहण नै नगरी फर्किएका आरोहीलाई २ वर्षभित्रमा आरोहण गर्न सक्ने व्यवस्था गरेको छ।

हिमाल आरोणका लागि अनुमति लिएका तर भूकम्पका कारण स्थगित भएकाहरुका लागि २ वर्षसम्म शुल्क मिनाहा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द प्रसाद पोखरेलले जानकारी दिए।

बैशाख १२ को विनासकारी भूकम्पपश्चात सरकारले पर्वतारोहण तत्कालका लागि स्थगित गरेको थियो। भूकम्पमा १९ आरोहीको ज्यान गएको थियो। (कारोबार दैनिकबाट)