निर्वाचन क्षेत्र विकास गर्न छ करोड १० लाख बजेट

पुस १९, इलाम–निर्वाचन क्षेत्र विकासका लागि सरकारले इलाम जिल्लालाई चालु आव ०७२÷७३ का लागि रु छ करोड १० लाख बजेट विनियोजन गरेको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट तीनवटा निर्वाचन क्षेत्रका लागि रु एक करोड ५० लाखका दरले र निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सांसदले थप रु २० लाखका दरले ६० लाख पाउने गरी कुल रु पाँच करोड १० लाख विनियोजन गरेको हो ।

रु एक करोड ५० लाखका पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनका लागि निर्वाचित सांसदले १२ वटा योजना छनोट गर्नुपर्ने जिल्ला विकास समितिले जनाएको छ ।