२५० जनाको निःशुल्क आँखा उपचार

पुस १९, बाबियाचौर (म्याग्दी)–बेनी नगरपालिका– १ रत्नेचौरमा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट २५० जनाले उपचार पाएका छन् ।

नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखाले आयोजना गरेको शिविरमा निःशुल्क आँखा परीक्षण, परामर्श, औषधि र चस्मा वितरणको सुविधा दिइएको थियो ।

शिविरमा २५० जनाले आँखा परीक्षण गराएको र छजना मोतियाबिन्दुका बिरामीको पहिचान भएको उपशाखाका कोषाध्यक्ष एकादन्त शर्माले जानकारी दिए । मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइने उनले बताए ।