पाकिस्तानले जिम्वावे विरुद्धको पहिलो एकदिवशीय क्रिकेटमा जित

जेठ १३,काठमाडौं – पाकिस्तानले जिम्वावे विरुद्धको पहिलो एकदिवशीय क्रिकेटमा जित हात पारेको छ । घरेलु मैदान लाहोरमा भएको खेलमा पाकिस्तानले जिम्वावेलाई ४१ रनले पराजित गर्यो । पाकिस्तानले दिएको ३ सय ७६ रनको विसाल लक्ष्य पछ्याएको जिम्वावेले निर्धारीत ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३४ रन मात्र बनाउन सक्यो ।

जिम्वावेका लागि कप्तान इल्टन चिकुम्बुराले १ सय १७ रनको पारि खेलेपनि जितका लागि पर्याप्त भएन । जिम्वावेका हेमल्टन मासाकाजाले ७३ तथा सेन विलियम्स र सिकन्दर राजाले समान ३६ रन बनाएका थिए । पाकिस्तानका लागि वाहब रिजले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारीत ५० ओभरमा ३ विकेट गुमाउँदै ३ सय ७५ रनको विसाल योगफल तयार पारेका थिए । पाकिस्तानका सवै ब्याट्सम्यानले ५० को आँकडा पार गरेका थिए ।
पाकिस्तानलाई उच्च योगफल बनाउनका लागि २ वर्षपछि टोलीमा फर्किएका शोएब मल्लिकले सर्वा्धिक १ सय १२, ह्यारिस सोहिलले अविजित ८९, मोहम्मद हफिजले ८६ र कप्तान अजर अलिले ७९ रन बनाए । जिम्वावेका प्रोस्पर उस्टेले २ विकेटल लिन बाहेक अन्य बलरले राम्रो प्रदर्शन गरेनन् । खेलको म्यान अफ द म्याच शतकीय पारि खेलेका पाकिस्तानका शोएब मल्लिक घोषित भए । जित सँगै पाकिस्तानले ३ म्याचको श्रृँखलामा १–० को अग्रता लिएको छ । ६ वर्षपछि घरेलु मैदानमा खेलिरहेको पकिस्तानले यसअघि भएको ट्वेन्टी ट्वेन्टी श्रृँखला जितेको थियो ।