भारतमा प्रचण्ड गर्मीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

जेठ १३,काठमाडौं – भारतमा प्रचण्ड गर्मीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलंगानामा मात्र एक हजार एक सय १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यद्यपि, भारतीय मौसम विभागले भने आगामी केही दिनमा यी जिल्लामा तापक्रम घट्ने आशा गरेको छ ।
वगकतषथस“श्रएक साता यता बढेको गर्मीले आन्ध्र प्रदेशमा ८ सय ५२ तथा तेलंगानामा २ सय ६६ जनाको मृत्यु भएको हो । तातो हावा लू चल्नाले त्यहाँ पारो ५० डिग्रीको हाराहारीमा चढेको थियो ।
भारतीय राजधानी दिल्लीमै करीब ४६ डिग्री पुगेको तापक्रम झारखण्ड र उडिसामा पनि यही हाराहारीमा उक्लनसक्ने मौसम विभागले जनाएको छ । वर्षात सुरु नहुँदासम्म बढ्दो गर्मीबाट बच्न सर्वसाधारणलाई सचेत पनि तुल्याइएको छ ।