सिन्धुलीका उत्कृष्ट ३ किसानलाई सरकारको सम्मान

पुष १६, सिन्धुली- व्यवसायिक युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल सरकारबाट प्रदान गरिने राष्ट्रपति उत्कृष्ट कृषि पुरस्कार सिन्धुलीका तीन जना किसानलाई प्रदान गरिएको छ ।

सिन्धुली महोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । पुरस्कृत हुनेहरुमा डम्बर पदमा एग्री कल्चर फर्म प्रालिका सञ्चालन नेक्रविक्रम थापा, खाद्यान्नतर्फ कोपिला किसान समूहका अध्यक्ष कालीप्रसाद निरौला र जुनारतर्फ लोकेन्द्र थापा रहेका छन् । उनीहरुलार्ई कृषि विभागका निर्देशक डा युवकध्वज जिसीले नगद १० हजारसहित प्रमाण पत्र प्रदान गर्नुभएको हो । त्यसैगरी जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले महोत्सवमा उत्कृष्ट कृषि सामाग्री प्रदर्शन गर्ने किसानहरुलाई पनि सम्मान गरेको छ ।