फ्रान्समा तापक्रम घटेपछि मृत्यु हनेको संख्या बढ्यो

पुस १६,काठमाडौँ -फ्रान्समा तापक्रम पानी बरफमा परिणत हुने तहभन्दा तल झरेपछि घरविहीन व्यक्तिको मृत्यु हुने क्रम बढेको छ । अहिले सम्म दर्जन बढीको र्मत्यु भइसकेको बिबिसीले जनाएको छ । उत्तरी नगर दुआइमा शनिबार २९ वर्षीय एक पुरुषलाई मृत अवस्थामा फेला पारिएको छ भने आइतबार दुई अन्य व्यक्तिको मृत्यु भएको छ ।

मर्नेमा पेरिसमा फेला परेका व्यक्तिको उमेर ५० वर्षको भएको र दक्षिणपूर्वी भागमा फेला परेका मृतक ४६ वर्षीय भएको बताइएको छ । यी तिनै व्यक्तिको शरीरको तापक्रम झरेपछि उनीहरूको मृत्युभएको देखिएको अधिकारीहरूले बताएका छन् । मौसममा अनपेक्षित रूपमा तापक्रम बढिरहेको समयमा फ्रान्समा गत केही दिनमा तापक्रम पानी बरफ बन्ने भन्दा तल्लो तहमा पुगेको बताइएको छ । यहाँ तापक्रम माइनस १४ डिग्री सेल्सियस र हिमाली भागमा माइनस २२ डिग्री सेल्सियस पुगेको बताइएको छ । फ्रान्सेली अधिकारीहरूले २९ वर्षीय उक्त पुरुषलाई आपत्कालीन आश्रय उपलब्ध गराइएको र निजले अस्वीकार गरेको बताए ।