फाल्गुनन्द गोल्डकप आज पनि जारी

पुष १६,पाँचथर-हिजो शुरु भएको पूर्वी पहाडी जिल्लाकै सर्वाधिक लोकप्रिय मानिने फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकप आज पनि जारी रहनेछ । प्रतियोगिताअन्तर्गत आज दिउँसो २ बजेदेखि फ्यान्स क्लब बिआरसी भुटान र उर्लाबारी फुटबल क्लब मोरङबीच खेल हुने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ । हिजो उद्घाटन खेल जित्दै अनारमुनि फुटबल क्लब झापाले विजय शुरुवात गरेको छ ।

यसैबीच प्रतियोगीताको सञ्चालनका लागि विगत लामो समयदेखी सहयोग गर्दै आउनुभएका फिदिमका समासेवी एवं व्यवसायी हरिप्रसाद नेपालले आफ्नो पिता प्रजापति नेपालको स्मृतिमा एक लाखको ‘प्रजापति नेपाल स्मृति खेलकुद पत्रकारिता पुरस्कार’ को अक्षयकोष स्थापना गर्नुभएको छ । सो अक्षयकोषबाट प्रत्येक बर्ष मेची र कोशी अञ्चलमा रहेर खेलकुद क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई पुरस्कृत गरिने जानकारी पनि गराइयो ।