मकवानपुरमा भाइरल प्रकोप बढ्यो

कात्तिक ३०,मकवानपुर-मौसम परिवर्तनसँगै मकवानपुरका विभिन्न गाविस र हेटौडा नगरपालिका क्षेत्रमा अहिले भाइरल ज्वरो तथा झाडापखाला रोगको प्रकोप बढेको छ । रोगबाट पीडित भई हेटौँडा अस्पतालमा दैनिक ३०र३५ जना उपचारका लागि  आउने गरेका छन् । तिनलाई चिकित्सकको निगरानीमा अहिले उपचार भइरहे पनि अस्पतालको शय््याको अभावले थप उपचार गर्न कठिनाइ भएको अस्पतालले जनाएको छ ।

रोगको प्रकोपबाट नवजात शिशु, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेको  चिकित्सक  हरिबहादुर खड्काले जानकारी दिनुभयो । जिल्लाका विभिन्न गाविसमा रहेका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र इलाका  उपचार केन्द्रमा तत्काल औषधिसहित स्वास्थ्यकर्मीलाई  रोग फैलन नदिन सतर्क अवस्थामा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका  निमित्त प्रमुख सूर्यमणि सुवेदीले जानकारी दिए ।