नेपालले श्रीलंकालाई तीन गोलले हरायो

कात्तिक ३०, काठमाडौ-महिला च्याम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा आज नेपालले श्रीलंकालाई तीन शून्यले हराई विजेता बनेको छ । पाकिस्तानमा जारी तेस्रो साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराएर नेपाल समूह विजेता बनेको छ । नेपालका तर्फबाट अनु लामा र निरु थापा क्रमश २ र  एक गोल गरेका थिए ।  यसअघिका आफ्ना दुवै खेलमा विजयी नतिजा निकालेर दुबै टिम सेमिफाइनलमा पुगिसकेका छन् । पाकिस्तानमा जारी तेस्रो साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई हराएर नेपाल समूह विजेता बनेको  हो ।