नेपाल र मलेसिया भिड्दै

कात्तिक २६, काठमाडौँ -कुबेतमा जारी एसीसी युथ १९ प्रिमियर क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपाल तथा मलेसियाका बिचमा प्रतिस्पर्धा हुँदैछ ।  यस प्रतियोगितामा नेपालले यस अघि लगातार दुईवटा खेलहरू जितिसकेको छ । आज पनि नेपाल तेस्रो जीत हात पार्ने तयारीमा लागेको छ ।

यस प्रतियोगिताको पहिलो खेलमा नेपालले साउदी अरबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक कुवेतलाई हराएको थियो ।  यस प्रतियोगितामा दुबै टीमलाइ निकै ठुलो रन अन्तरले पराजित गरेको नेपाली टोली यस प्रतियोगिताको उपाधि दावेदार समेत हो ।

यस अघि भएका दुईवटा संस्करणको फाईनल प्रतिस्पर्धामा नेपाललाई पराजित गरेको अफगानिस्तानलाई यसपटक पनि मुख्य दावेदारका रूपमा हेरिएको छ । यस प्रतियोगितामा उसले खेलेका समुहमा दुईहरूमा निकै फराकिलो जीत हात पारेको छ ।